
काठमाडौँ, ३ असार । नेप्सेले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार हुने गरी समय तय गरेअनुसार आज पहिलो कारोबार भयो ।
दिउँसो १ बजे बन्द भएको सेयर बजार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा आएर रोकिएको छ । यससँगै अब सेयर कारोबार साताको ६ दिन नै हुने भएको हो ।
शनिबार बन्द रहने कारोबार आइतबारदेखि बिहीबारसम्म भने अपरान्ह ११ बजेबाट तीन बजेसम्म चल्नेछ ।















प्रतिक्रिया