
काठमाडौँ, ३ असार । ताप्लेजुङमा गएरातिको पहिरोमा एकै घरका दुई जना बेपत्ता भएका छन् । सिरीजङ्घ गाउँपालिका–७ खेवाङमा गएको पहिरोमा परेर सासु र बुहारी बेपत्ता भएका हुुन् ।
मुसलधारे वर्षासँगै घरमाथिबाट आएको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारी बेपत्ता भएका छन् ।
पहिरोले अधिकारी परिवारका दुईवटै घर बगाएको छ । घर नजिकै बाँधिएका गाईवस्तुसमेत पहिरोमा पुरिएका छन् । पहिरोमा छोरा विष्णु अधिकारीले भागेर ज्यान जोगाए पनि अवस्था निकै गम्भीर रहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया