शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकास्थित संस्थाद्वारा गायक ओमविक्रमदेखि काठमाडौंका मेयर बालेन साह पुरस्कृत

दैनिक नेपाल २०७९ असार ३ गते ११:३२

काठमाडौं, ३ असार। अमेरिकाको न्ययोर्कस्थित एन एन्ड जे इन्टरटेन्मेन्टले यस बर्ष पप गायनका सम्राट मानिने गायक ओमविक्रम बिष्टदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसम्मलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।

२५–२५ हजार राशीका पुरस्कार विभिन्न मिडियाका प्रतिनिधिलाई पनि प्रदान गरिने छ। अमेरिकास्थित इ नेप्लिज र नेपालको पूर्वेली न्युजका मणिराम दाहाललाई श्री नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नाल्जम अवार्ड प्रदान गरिने भएको छ।

संस्थाकी संरक्षक कमला प्रसाई

काठमाडौंका मेयर साहलाई भने र्याप गायक स्वर्गीय यमबुद्ध (अनिल अधिकारी) पुरस्कार प्रदान गरिने भएको हो।

लक्ष्मी प्रतिष्ठान र तुलशादेवी हरिहर फाउन्डेसनलाई सामाजिक काम गरेवापत पुरस्कृत गर्न लागिएको हो।

साहित्य संगित, गायन कलाकारिताको क्षेत्रमा प्रधान गरिने एक लाख राशीको पुरस्कार चार जनालाई संयुक्त रुपमा जनही २५ हजारको दरले प्रदान गरिने भएको छ। यो पुरस्कार वरिष्ठ कथाकार माया ठकुरी, वरिष्ठ साहित्यकार गार्गी शर्मा, पप सम्राट बिष्ट र नेपाली भाषाका साहित्यकार भारतीय नागरिक कृष्ण प्रधानलाई प्रदान गरिने संस्थाले जनाएको छ।

अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रदान गरिने संस्थाले जनाएको छ।

यी पुरस्कार नेपालमा रहनेलाई नेपालबाट र अमेरिकामा रहनेलाई अमेरिकाबाट नै प्रदान गरिने संस्थाले जनाएको छ। पुरस्कारको प्रायोजन संस्थाकी संरक्षक गीतकार कमला प्रसाईले गरेकी हुन्।

संस्थाले यसअघि पनि लोकप्रिय र योगदान गरेको व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको प्रसाईले स्मरण गरेकी छन्।

भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संस्था सन् २००५देखि स्थापना गरिएको थियो। संस्थाले गरेको सामाजिक काम र उत्तरदायित्वका कारण अमेरिकी सरकारले दुई पटक पुरस्कृत गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित