३ कार्तिक २०८३, मंगलबार

एसपीपीको यस्तो छ तथ्य, को प्रधानमन्त्री हुँदा के भएको थियो ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौं, २ असार । अमेरिकासँगको ‘स्टेट-पार्टनरसीप’ प्रोग्रामबारे नयाँ तथ्य उजागर भएको छ ।

सन् २०१५ देखि नै एसपीपीबारे नेपाली सेनाले चासो लिएको देखिएको छ । शुशील कोइराला प्रधानमन्त्री भएको बेला २०७२ भदौ २४ गते जंगी अड्डाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिताको सन्दर्भमा सरकारको सहमति/असहमतिको लागि पत्राचार गरेको थियो । त्यसको एक महिना नबित्दै असोज १३ गते रक्षा मन्त्रालयले जंगी अड्डालाई एसपीपी सकारात्मक रहेको पत्राचार गरेको खुलेको छ ।

त्यस्तै, केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुनु अघि नै २०७२ कात्तिक १० गते तत्कालीन प्रधान सेनापतिले असोज १३ को रक्षा  मन्त्रालयको पत्रलाई कोड गर्दै एसपीपीमा सामेल हुने अनुरोध अमेरिकी राजदूतलाई पत्राचार गरेको देखिएको छ । जुन अनुरोधलाई अमेरिकाले अस्वीकार गरेको बुझिन्छ ।

त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला २०७४ वैशाख २४ गते प्रधानसेनापतिले फेरि पुरानै पत्र दाहोर्याएको देखिएको छ । त्यो पनि अमेरिकाले अस्वीकार गरेको पाइएको छ ।

२०७४ माघ २१ गते शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापतिले तेस्रोपटक पुरानै पत्र अमेरिकी राजदूतलाई पठाए पनि सरकारले कुनै प्रतिक्रिया जनाएको देखिदैन । जुन केपी शर्मा ओली प्रधानमन्त्री हुनुभन्दा ११ दिन अघिको कुरा हो ।

२०१९ जुनमा अमेरिकाले एसपीपी, आइपीएसको अंग भएको र नेपाल एसपीपीमा सामेल भएको रिपोर्ट प्रकाशित गरेपछि तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले परराष्ट्र सचिवको संयोजकत्वमा तथ्य बुझ्न एउटा कमिटी गठन गरेका थिए । कमिटीले प्रतिवेदनमा नेपाल सरकारको सहमति नरहेकोले यसलाई स्थगित गर्ने निर्णय गरेको थियो ।

सत्तारुढ दलका नेताहरुले आफ्ना गल्ती र राष्ट्रघातका कदमबाट बच्न विपक्षी दललाई दोष लगाइरहेका बेला यस्तो तथ्य सार्वजनिक भएको हो । यसैबीच नेपाली सैनिक मुख्यालयले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले पत्र पठाएको तर सैनिक गठबन्धनका नभएको स्पष्ट पारेको छ ।

कस्को पालामा के भएको थियो ?

१) मिति : २०७२ भदौ २४

जंगी अड्डाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिटाको सन्दर्भमा सरकारको सहमति असहमतिको लागि पत्राचार गरेको

प्रधानमन्त्री

शुशील कोइराला

२) मिति : २०७२ असोज १३

असोज १३ गते रक्षा मन्त्रालयले जंगी अड्डालाई एसपीपी सकारात्मक रहेको पत्राचार गरेको

प्रधानमन्त्री

शुशील कोइराला

३) मिति : २०७२ कात्तिक १०

प्रधानसेनापतिले असोज १३ को रक्षा मन्त्रालयको पत्रलाई कोड गर्दै एसपीपीमा सामेल हुने अनुरोध अमेरिकी राजदूतलाई पत्राचार गरेको । अमेरिकाले अस्वीकार गरेको ।

प्रधानमन्त्री

केपी शर्मा ओली

४) मिति : २०७४ वैशाख २४

प्रधान सेनापतिले फेरि पुरानै पत्र दाहोर्याएको । अमेरिकाले अस्वीकार गरेको ।

प्रधानमन्त्री

पुष्पकमल दाहाल

५) मिति : २०७४ माघ २१

प्रधानसेनापतिले तेस्रो पटक पुरानै पत्र अमेरिकी राजदूतलाई पठाएको । कुनै प्रतिक्रिया नजनाएको । जुन केपी शर्मा ओली प्रधानमन्त्री हुनुभन्दा ११ दिन अघिको कुरा हो ।

प्रधानमन्त्री

शेरबहादुर देउवा

६) मिति : जुन २०१९

अमेरिकाले एसपीपी, आइपीएसको अंग भएको र नेपाल एसपीपीमा सामेल भएको रिपोर्ट प्रकाशित गरेको ।

रक्षामन्त्रीले परराष्ट्र सचिवको संयोजकत्वमा तथ्य बुझ्न एउटा कमिटी गठन गर्यो । कमिटीले प्रतिवेदनमा नेपाल सरकारको सहमति नरहेकोले यसलाई स्थगित गर्ने निर्णय गरेको ।

प्रधानमन्त्री

केपी शर्मा ओली