३ कार्तिक २०८३, मंगलबार

काठमाडौँमा फेला परे हैजाका बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । काठमाडौँमा हैजाका बिरामी फेला परेका छन् ।

बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना हैजाका बिरामी पुष्टि भएको हो ।

उपचारमा आएकाहरुलाई हैजा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, अन्य केही बिरामीमा पनि हैजाको आशंकामा थप परीक्षण भइरहेको अस्पतालले जनाएको छ । उनीहरुले बाहिर चटपटे खाएको जनाइएको छ ।

हैजा पुष्टि भएका र शंकास्पदलाई झाडापखाला लागेको अस्पतालले जनाएको छ ।

विशेषगरी फोहोर व्यवस्थापनमा समस्या हुँदा काठमाडौँ उपत्यकामा हैजा, झाडापखालाको संक्रमण जोखिमबारे चिकित्सकहरुले सचेत गराउँदै आएका छन् ।