
काठमाडौँ, २ असार । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ नदिने भएका छन् ।
बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्री एवं प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री देउवाले जवाफ दिने कार्यसूची रहेको थियो ।
एमालेले अमेरिकासँग एसपीपी सम्झौता र अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दररेट परिवर्तनका लागि असम्बन्धित व्यक्तिलाई प्रयोग गरेकोबारे प्रधानमन्त्रीसँग जवाफ मागेको थियो ।
तर प्रधानमन्त्री देउवा आजाको बैठकमा अनुपस्थित रहेको छन् । प्रधानमन्त्री देउवा संसदमा जवाफ दिन छोडेर गैरआवासीय नेपाली संघको कार्यक्रममा गएका छन् ।
प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले संसदमा जवाफ दिन थालेका छन् ।
यसैबीच नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री अनुपस्थित हुनुको कारण माग गरेका छन् । उनले प्रधानमन्त्रीको जवाफ अरुले दिन नमिल्ने भन्दै नियमापत्ति समेत जनाएका थिए ।
जवाफमा सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले कार्यव्यस्तताको कारण उपस्थित नभएको जनाएका छन् ।















प्रतिक्रिया