३ कार्तिक २०८३, मंगलबार

ओलीले जनप्रतिनिधिलाई भने- अधिनायकवादसँग लडेर जितेर आउनुभयो, बधाई छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह निर्वाचनमा चुनावमात्र नभएर एमालेले अधिनायकवादसँग पनि लड्नुपरेको बताइका छन् ।

बिहीबार काठमाडौँको राष्ट्रियसभा गृहमा आफ्ना निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको उद्घाटनमा गर्दै उनले एमालेले चुनाव मात्र नलडेर अधिनायकवादसँग पनि लड्नुपरेको बताएका हुन् ।

‘हामीले चुनावमात्र लडेनौँ, अधिनायकवाद, तानाशाही, दमनकारीसँग लड्नु पर्यो,’ ओलीले भने, ‘उनीहरुसँग लडेर जितेर आउनुभयो । बधाई छ ।’ सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप लगाए ।