३ कार्तिक २०८३, मंगलबार

गरिमा विकास बैंकले महिनाव्यापी वित्तिय जागरण कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । ‘वित्तिय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाई यस गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर वित्तिय जागरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तिय संस्था सम्बन्धी बृहत वित्तिय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ ।

जेठ महिना भरी चलेको यस वित्तिय जागरण कार्यक्रम अन्तर्गत यस गरिमा विकास बैंकको सबै १२० शाखाले दुईवटा वित्तिय जागरणका कार्यक्रम आयोजना गरेको थियो ।

जसअन्तर्गत, यस कार्यक्र्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाइदा, वित्तिय सल्लाह सुझाव एवं डिजिटल बैकिङ्गका फाईदाहरुको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो ।

हरेक कायक्रममा बैंक तथा वित्तिय संस्था सम्बन्धी जान्न चाहनेहरुको सहभागीता उल्लेखनीय रहेको थियो । भव्य एवं सभ्य तरिकाले सम्पन्न महिनाव्यापी वित्तिय जागरण कार्यक्रमले हरेक जनतामाझ वित्तिय जागरुपता फैलाउन मद्दत पुग्ने आशा राखिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।