
काठमाडौँ, २ असार । बुटवल–पाल्पा सडक खण्डमा तीन महिनासम्म टिपर चलाउन रोक लगाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर चलाउन रोक लगाएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै आगामी तीन महिना यो बाटोमा टिपर चलाउन रोकिएको हो ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
















प्रतिक्रिया