३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसरमा पर्वातारोही लाक्पा देण्डी शेर्पा नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । मुक्तिनाथ विकास बैंक लि. र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

शेर्पा एक सफल पर्वातारोही हुन् जस्ले तीन पटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् जस कारण उनी गिनिज रेकोेर्ड होल्डर पनि हुन् ।

एक कार्यक्रमबीच बैंकको तर्फबाट प्रमुख– बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसर को रुपमा कार्यहरु निर्वाह गर्नेछन् । उनका आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्नेछन् ।