
काठमाडौँ, १ असार । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध १८ वर्षको कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ ।
वुधबार पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा दुईवटा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
८ वर्ष भएको सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले पाण्डेलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो ।
प्रहरीले बुझाएको अनुसन्धानको प्रतिवेदनको आधारमा मुद्दा दर्ता गरिएको वकिल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मानव बेचबिखन मुद्दामा १० देखी १५ वर्ष र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अधिकतम ३ वर्ष कैद सजाय गर्न मागदाबी गरिएको छ ।
कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा बलात्कार गरेको पीडित युवतीको आरोप छ ।
पाण्डेविरुद्ध एक नाबालिगले यौन दुर्व्यवहारको जाहेरी दिएकी छिन् । बिहीबार अदालतमा बयान पछि पाण्डेको मुद्दामा थुनछेक बहस सुरु हुन्छ ।















प्रतिक्रिया