३ कार्तिक २०८३, मंगलबार

एसपीपीमा सहभागी हुन नेपालले दिएको आवेदन स्वीकृत भइसक्योः अमेरिकी दूतावास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । नेपालस्थित अमेरिकी दूतावासले नेपालले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी हुन दिएको निवेदन स्वीकृत भएको जनाएको छ ।

दूतावासले नेपालले एसपीपीमा सहभागी हुन दुई पटक गरेको अनुरोधलाई अमेरिकाले स्वीकृत गरिसकेको दावी गरेको हो ।

नेपालस्थित अमेरिकी दूतावासका कार्यबाहक राजदूत मानुअल मिकलरले बुधबार पत्रकारहरुसँगको कुराकानीमा सन् २०१५ र २०१७ मा गरी दुईपटक नेपालले एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको जानकारी दिएका हुन् ।

अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुनका लागि कुनै सम्झौता पत्र आवश्यक नपर्ने र हाल सञ्चार माध्यममा सार्वजनिक भएको मस्यौदा पनि सत्य नभएको दावी गरेको छ ।

उनले एसपीपी सैन्य गतिविधि नरहने स्पष्ट पारे ।

‘एसपीपी विशेषत द्विपक्षीय सम्बन्ध तथा दुई देशका नागरिकहरूको सम्बन्धमा केन्द्रित छ’, उनले भने, ‘विद्यार्थी तथा व्यावसायिक आदानप्रदान, कूटनीतिक संलग्नता, सैन्य साझेदारी र व्यापारसहित साझा मान्यतामा आधारित रहेर यसले काम गर्छ ।’

अमेरिकी सेनाको एसिया प्यासेफिक क्षेत्र हेर्ने कमान्डका जर्नेल चाल्र्स एन्थोनी फ्लिनले नेपाल भ्रमण गरेर फर्किएसँगै एसपीपीको विषय पेचिलो बनेको हो । चौतर्फी रुपमा सरकारको आलोचना भइरहेको र सम्झौता नगर्न आग्रह भइरहेको छ ।