३ कार्तिक २०८३, मंगलबार

राष्ट्रघाती सम्झौता हुनसक्ने भन्दै देउवाको अमेरिका भ्रमण रद्द गर्न ९ दलको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । राष्ट्रघाती सम्झौता हुनसक्ने आशंका भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न ९ दलले माग गरेका छन् ।

नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत कम्युनिष्ट दलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भ्रमण रद्द गर्न माग गरेका छन् ।

राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ ।