
काठमाडौँ, १ असार । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छन् ।
मंगलबार राती दाङबाट बुटवल लगिएकी वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी बताइएको छ ।
उनको अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।
वलीको प्रेसर र सुगरको मात्रा बढी भएको अस्पतालले जनाएको छ ।
मंगलबार विहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले वलीलाई नियन्त्रणमा लिएको थियो ।
मुख्यमन्त्री कुलप्रसाद केसीको चर्को दवावमा उनलाई बुटवल लगिएको थियो ।















प्रतिक्रिया