३ कार्तिक २०८३, मंगलबार

मुख्यमन्त्रीको चर्को दवावमा राज्यमन्त्री विमलालाई राति नै बुटवल पठाइएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । प्रेमीकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई मुख्यमन्त्रीको दवावमा बुटवल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको वलीलाई मंगलबार राती नै प्रहरीले पिएसओको जिम्मा लगाएर बुटवल पठाएको खुलेको छ ।

मुख्यमन्त्री कुलबहादुर केसीले बजेट पास गर्न विमलाको आवश्यक भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई चर्को दिएपछि पठाइएको उच्च स्रोतले जानकारी दिएको छ ।

दाङमा विमलाविरुद्ध आज जाहेरी दर्ता हुँदैछ । मंगलबार विहान एकराज बस्नेतको घरमा गएर गालीगलौज गर्दै उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेकी थिइन् ।