
काठमाडौँ, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली खत्रीविरुद्ध जाहेरी दर्ता भएको छ ।
आफू र छोरीलाई कुटपिट गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका–५ कि मीरा भण्डारीले जाहेरी दिएकी छन् ।
मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरभित्र बेडमै आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । जाहेरीलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
पीडित मीनाले मन्त्री वलीले आफ्नो पति खोइ भन्दै आफूहरुमाथि कुटपिट गरेको बताएकी छन् ।
यसैबीच मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले प्रहरी प्रशासनलाई फोन गरेर वलीलाई छोड्न दबाब दिइरहेका बताइएको छ ।
प्रहरीले भने जाहेरी परिसकेकाले छोड्न नमिल्ने बताएको छ ।















प्रतिक्रिया