२८ आश्विन २०८३, बुधबार

प्रचण्ड किन अमेरिकी साम्राज्यवादको पिछलग्गु बन्दैछन् ?

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल भट्टराई

गिजोल्नु गिजोलेर एमसीसी संसदबाट नाटकीय ढंगले पास सत्ता गठवन्धनले गराएपछि नेपालमा अमेरिकी सक्रियता ह्वात्तै बढेको छ ।

नेपाली कांग्रेसमा अमेरिकी लवी भनेर पहिलेदेखि नै परिचित शेरबहादुर देउबाको नेतृत्वमा राष्ट्रवादी सरकार ढाल्न प्रमुख भूमिका खेलेका प्रचण्ड अमेरिकी मन्त्रीले तिब्बती शरणार्थी शिविरमा अनधिकृत तवरले भ्रमण गर्दा होस् वा अमेरिकी सेनाको विशेष पहलमा देउबा र प्रधानसेनापतिको हुन लागेको अमेरिकी भ्रमणको सवालमा होस् चुइक्क बोलेका छैनन् ।

विगतमा उनले अमेरिकी साम्राज्यवादको विरोधमा चर्का भाषण गरे पनि यस्तो संगीन अवस्थामा उनको मौनता उदेकलाग्दो छ ।

हुन त स्थानीय निर्वाचनमा बाम विग्रहको फाइदा उठाएर नेपाली काङ्‌ग्रेसले बढी सीट आफ्नो पोल्टामा पार्‍यो । उसले पुलस्त्याइँमा पारङ्गत प्रचण्ड र एमाले छोडेर नेपाली काङ्ग्रेसलाई मनचिन्ते झोली बनाएका माधव नेपालका कारण नै काङ्‌ग्रेसले यो स्तरको शक्ति प्राप्त गरेको हो ।

आफूलाई वामपन्थी भनिरहने तर सेवाचाहिँ दक्षिणपन्थी शक्तिको गर्ने माधव-प्रचण्डकै क्याम्पबाट आज वाम एकता असंभव प्राय: भएको छ । वाम शक्ति कमजोर बनाएर आफ्नो प्रभाव बढाउदै लैजाने अमेरिकी नीतिलाई प्रचण्डले नै मलजल गरिरहेका छन् ।

इमान्दारीपूर्वक भन्दा वाम एकताको विषय राम्रो विषय हो । विभिन्निएका देशका सबै कम्युनिष्ट शक्ति एक ठाउँमा आउँदा देशमा लामो समयसम्म एक छत्र शासन व्यवस्था कायम हुने र त्यहींबाट मात्र समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुने मात्र होइन, देशलाई सवल र विदेशी प्रभावबाट मुक्त पार्न सकिने थियो । विचारको जगमा हुने एकताले देशको दक्षिणपन्थी शक्तिलाई साइजमा राख्न सकिने थियो ।

संविधानसभाबाट संविधान बनेपछि भएको प्रथम आम निर्वाचनमा बनेको वाम गठबन्धनलाई जनताले ठूलो आशाको नजरले हेरेका थिए । लामो समयसम्म सामन्ती राजतन्त्र र काङ्‌ग्रेसले जर्जर बनाएको देशलाई कम्युनिष्टले सम्हालेर अघि बढाउन सक्छन् भन्ने आम विश्वास थियो ।

तर प्रचण्ड र माधव नेपालको पदीय आकाङ्क्षाको हुटहुटीले कम्युनिष्ट ध्रुवीकरणले सार्थकता पाउन सकेन । एमालेसंग एकता गरेको दिनदेखि नै प्रचण्ड एमाले कब्जा गर्ने ध्याउन्नमा लागे भने प्रचण्डको वैशाकी टेकेर माधव नेपाल सत्तारोहणको सपनामा रमाउन थाले ।

उनीहरूको अर्जुनदृष्टि नै नेपालको बाम आन्दोलनका शिखर पुरूष लोकप्रिय नेता के पी शर्मा ओलीको तेजोबध गर्ने, आफ्नै नेतृत्वको सरकारको ऊछित्तो काढ्ने, पार्टीलाई एक पाइलो पनि अघि बढ्न नदिने काम भयो ।

वाम एकता र पछि भएको पार्टी एकीकरणले क्षणिक फाइदाजस्तो देखिए पनि दीर्घकालिन रूपमा बाम आन्दोलनलाई नकारात्मक असर पुग्यो । तीनै तहको सरकारको नेतृत्व भएर पनि पार्टीले केही गर्न नसक्ने अवस्था पैदा भयो ।

आपसी छिनाझपटीको कारण पार्टीले तीन वर्षसम्म कुनै काम गर्न सकेन । त्यसको सबभन्दा ठूलो असर एमालेलाई पर्‍यो । त्यसबाट नेपाली काङ्‌ग्रेसले अनपेक्षित फाइदा लियो ।कांग्रेसको शक्ति बढ्नेवित्तिकै विदेशी चलखेल बढेको छ !

अघिल्लो आम निर्वाचनमा भएको वाम एकताको कारण एमालेको मत पाएर सांसद र मन्त्री बनेका धेरै माओवादी नेताहरूलाई अर्को आम निर्वाचन आउनै लाग्दा मन भत्भती पोलेको हुँदो हो ।

प्रचण्डलाई पनि हिजो एमालेजनहरूले जसरी काङ्‌ग्रेसीहरूले भोट नखन्याइदेलान् कि भन्ने छटपटी शुरू भएको होला । लामो समय एमालेका ब्राण्ड बनेका माधव र झलनाथलाई अर्को अलोकप्रिय ब्राण्ड बोकेर जनतामा जाँदा ह्वार्लाङ्‌ङ होइएला भन्ने पिर परेकै होला ।

एमालेकै कमरेड घनश्याम भुसालजस्ता नेतालाई हिजो आफ्नो पार्टीको मूल नेतृत्वविरूद्ध बोलेका कुवाच्य र गरेका कुकर्मको कारण जनताको तारोमा परिएला कि भन्ने डर त छँदैछ ।

देशको क्षेत्रफल बढाउने, छोटो समयमा देशको कायापलटको योजना कार्यान्वयन गर्ने, छिमेकी ‘दाई’हरूसंग नझुक्ने के पी शर्मा ओलीलाई कथित १९ बुँदे आरोप लगाउनेहरूले आरोप फिर्ता लिनुपर्छ ।

यिनै केही वाम शक्ति र पात्र हुन् जसको कारणले देशमा यो दुरह उत्पन्न भएको हो । देश संकटमा धकेलिएको हो ।

केही नेताहरू, जसले देशमा भइरहेको विदेशी हस्तक्षेपलाई नजिकबाट निहालिरहेका छन् र गठवन्धनको प्रमुख घटक नेपाली कांग्रेसबाटै त्यसलाई टेकोपॅुडो लगाइरहेको देखेका छन्, वाम ध्रुवीकरणको पक्षमा आवाज दिन थालेका छन् ।

उनीहरूलाई थाहा छ- अहिले नेपालमा कथम्‌ कदाचित् वाम एकता भइहाले देशको सबभन्दा ठूलो कम्युनिष्ट शक्ति नेकपा(एमाले)को नेतृत्वमा हुने हो । के पी शर्मा ओलीको नेतृत्वमा हुने हो । देउबाको भक्तिगान छोडेर ओलीको नेतृत्वमा अगाडि बढेमात्र देशलाई वर्तमान संकटबाट मुक्त गर्न सकिन्छ ।

महाधिवेशनबाट छ महिना अघिमात्र अत्यधिक मतले एमालेको अध्यक्ष बनेका समकालिन नेपालका प्रमुख राष्टवादी नेता ओलीसंग चाहिं पौंठेजोरी खेल्ने प्रचण्ड अमेरकासंग निहुरमुन्टी न बन्नु नेपाली राजनीतिको विडम्वना हो ।

यदि देशको परिस्थितिलाई कम्युनिष्टहरूले समाल्ने हो भने जो जो हिजो वाम आन्दोलनलाई कमजोर बनाउने र प्रतिक्रियावादी शक्तिलाई मलजल गर्ने दुश्कर्ममा लागे, उनीहरूले वाम मतदाताका सामू माफी माग्नु पर्दछ ।

देशको क्षेत्रफल बढाउने, छोटो समयमा देशको कायापलटको योजना कार्यान्वयन गर्ने, छिमेकी ‘दाई’हरूसंग नझुक्ने के पी शर्मा ओलीलाई कथित १९ बुँदे आरोप लगाउनेहरूले आरोप फिर्ता लिनुपर्छ ।

अनि अकारण एमालेजस्तो आमूल परिवर्तनकारी पार्टीलाई घात गरेर काङ्‌ग्रेसको सेवा गर्न हुँइकिने नेताहरूले सार्वजनिक रूपमा गल्ती महसुस गर्नुपर्छ । एमालेजस्तो देशको एकमात्र राष्ट्रवादी शक्तिको रिसले विदेशीको सहारा खोज्न जाने प्रचण्ड प्रवृत्तिको अन्त्य हुनु जरूरी छ ।

किनभने सत्ता स्वार्थको कारण आफ्ना अडानलाई धोती लगाएर विदेशीको इशारा नेता नाच्ने चलन अन्त्य नभएसम्म देशमा पटक-पटक यस्ता संकट आइरहन्छन् ।