
काठमाडौँ, ३१ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धन असफल भएको बताएका छन् ।
५ दलका बीच भएको चुनावी तालमेल असफल भएको खनालको भनाइ छ ।
नेकपा एसको स्थायी कमिटीबाट बाहिरिने क्रममा खनालले पत्रकारहरूसँग कुराकानी गर्दै तालमेल सम्मानजनक नभएको टिप्पणी गरेका हुन् ।
‘वास्तवमा ५ दलको बीचमा जुन ढंगले सम्मानजनक एकता हुनुपर्ने थियो । त्यो भएन । आउनुपर्ने परिणाम आए । अब यसबाट हामीले के शिक्षा लिने भन्नेमा छलफल भइराछ’, उनले भने ।















प्रतिक्रिया