३ कार्तिक २०८३, मंगलबार

मोरङ जिससमा एमालेको प्यानल नै विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

जिसस प्रमुखमा एमालेका अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन् ।

दुवै जनाले २१/२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत ल्याएका छन् ।

एमालेको जम्मा २१ मत रहेको छ । त्यस्तै, महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वकर्माले २१/२१ मत ल्याएका छन् ।

त्यस्तै, अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले २२, देवमणि कटुवाल २१, मित्रप्रसाद ढकालले २२ मत ल्याएका छन् ।