३ कार्तिक २०८३, मंगलबार

सोलुखुम्बु घुम्न आएका दुई विदेशी कहाँ हराए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ३१ जेठ । सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमणमा आएका दुई जना विदेशी पर्यटक तीन सातादेखि वेपत्ता भएका छन् । खुम्बु क्षेत्र आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्रमोहोन र कोरियाली नागरिक ५० वर्षीया महिला योहन २४ दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जेठ ५ गते सगरमाथा राष्ट्रिय निकुन्जको मन्जो चेकपोस्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यसयता सम्पर्कमा नरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहले बताए ।

भारतीय नागरिक सम्पर्कविहिन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतिय दूतावासबाट टेलिफोन आएको र कोरियाली नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।