
काठमाडौँ, ३० जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वाम एकता सम्भव नभएको स्पष्ट पारेका छन् ।
सोमबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको जनाए ।
उनले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा एमाले नरहेको बताए । ‘त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैरवामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा एमाले छैन,’ ज्ञवालीले भने ।
एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उनको भनाइ छ ।















प्रतिक्रिया