
काठमाडौँ, ३० जेठ । जिल्ला प्रहरी परिसर, काठमाडौँले बलात्कार आरोपमा मनोज पाण्डेलाई प्रहरीले १४ वर्ष जेल सजाय माग दावी गरेको छ ।
आठ वर्षअघि आयोजित एक सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकाल्दै जेल सजायको माग गरेको हो ।
प्रहरीले करकापमा पारेर नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेको निष्कर्ष निकालेको हो ।
पाण्डेविरुद्ध जबरजस्तीकरणी तथा मानव बेचविखनलगायत मुद्दा चलाउने प्रहरीको तयारी छ ।
केही समय अघि सामाजिक सञ्जालमार्फत आफूमाथि सुन्दरी प्रतियोगितामा पाण्डेले करणी गरेको आरोप लगाएपछि घटना सार्वजनिक भएको थियो ।















प्रतिक्रिया