
काठमाडौँ, ३० जेठ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।
प्रतिवेदनमा निगजढ विमानस्थलबारे भनिएको छ, ‘विमानस्थल निर्माणसम्बन्धी दीर्घकालिन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने ।’















प्रतिक्रिया