
काठमाडौँ, ३० जेठ । बारा जिल्ला समन्वय समितिमा नेकपा एमालेको र लोसपा नेपालको प्यानल नै निर्वाचित भएको छ ।
सोमबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा एमालेका नरेन्द्रकुमार साहले २० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देवताल गाउँपालिका सभापति रामदयाल महतो धानुकले १२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा एमालेकी चण्डिका सापकोटाले १७ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
सापकोटाको प्रतिस्पर्धी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार पवनकुमार व्याहुतले १५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा निर्वाचित चण्डिका निजगढ नगरपालिका ९ बाट वडा सदस्यमा निर्वाचित भएका छन् ।
१६ स्थानीय तह रहेको बारामा जिसस निर्वाचनका लागि कुल ३२ मतदाता छन् ।
जिससमा एमाले र लोसपाबीच तालमेल भएका छन् ।
समन्वय समितिको निर्वाचनमा एमालेसँग ११ मत, नेपाली कांग्रेससँग ८ मत, लोसपासँग ६ मत, जसपासँग ४ मत, विकेकशील साझासँग २ मत, माओवादी केन्द्रसँग १ मत थियो ।















प्रतिक्रिया