३ कार्तिक २०८३, मंगलबार

वाम एकताका लागि प्रचण्ड नमाने पार्टी फुटाउने तयारीमा नारायणकाजी श्रेष्ठ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पक्ष तथा अन्य नेताहरुले वाम एकताका लागि दावव दिन थालेका छन् ।

नेताहरु श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताका लागि अभिव्यक्ति दिन थालेका छन् ।

यसै क्रममा नेता नारायणकाजीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पनि गरेका छन् ।

त्यस्तै, उता वर्षमान पुन पनि निरन्तर एमालेका नेताहरुसँग सम्पर्कमा छन् । उनले खुलेरै चुनावमा वाम तालमेलको कुरा गर्दै आएका छन् ।

अध्यक्ष ओलीसँग देशका लागि वाम एकताको आवश्यकता रहेको भन्दै नेता श्रेष्ठले करिब २ घण्टा बढी समय वान टु वान वार्ता गरेका थिए ।

उनले अध्यक्ष ओलीलाई वाम एकताका लागि मार्ग खोल्न आग्रह गरेका बताइएको छ ।

उता माओवादी अध्यक्ष प्रचण्डलाई पनि वाम एकताका लागि दवाव दिइएको बताइएको छ ।

यदि नेतृत्वले नमाने नारायणकाजीले पार्टीभित्र जतिखेरै पनि विद्रोह गर्नेगरीको तयारीमा लागेका छन् ।