३ कार्तिक २०८३, मंगलबार

मल ल्याउन नसक्‍ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्छः महेश बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । नेकपा (एमाले)का सांसद महेश बस्नेतले रासायनिक मल ल्याउन नसक्ने मन्त्रीहरुलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’

६० प्रतिशत किसान भएको मुलुक नेपाल भएको उल्लेख गर्दै उनले थपे, ‘कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’

उनले फोहोरबाट कम्पोष्ट मल बनाउन किन सकिएको छैन भन्नेबारे खोज्न सरकारलाई आग्रह गरे ।

यसैगरी एमाले सांसद बस्नेतले अर्थमन्त्री जनार्दन शर्माले कमिसनमा करको दररेट चलाएको गम्भीर आरोप लगाएका छन् ।

‘अर्थमन्त्रीज्यूले भन्सार करका दररेटलाई राति ल्याएर हेरफेर गर्नुभयो भन्ने सुन्यौं । अर्थमन्त्रीले करको दररेट चलाउँदा नियमित कमिसन खाएको सुन्यौं’ उनले भनेका छन् ।