
काठमाडौँ, ३० जेठ । सेयर बजारको ओरालो यात्रा निरन्तर छ ।
यसै क्रममा साताको पहिलो कारोबार दिन सोमबार १५.८२ अंकले घट्दै नेप्से २०३२.३४ बिन्दुमा ओर्लिएको छ ।
बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ ।
सोमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम झनै खुम्चिएको छ ।
सोमबार ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ । सोमबार कुनै पनि उपसमूहमा हरियो देखिएन ।















प्रतिक्रिया