४ कार्तिक २०८३, बुधबार

एमालेले छलफलका लागि दर्ता गरायो रासायनिक मल उपलब्ध गराउनुपर्ने प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गरेको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा संसदको नियमित कार्यक्रम स्थगन गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गरिएको हो ।

सोमबार एमालेका १५ जना सांसदले हस्ताक्षर गरेर अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदमा पेश गर्दै उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार रासायनिक मलको उपलब्धताका लागि तत्काल जीटूजी विधिबाट भए पनि रासायनिक मल खरिद गरेर किसानलाई उपलब्ध गराउनु पर्ने माग गरेको छ ।