४ कार्तिक २०८३, बुधबार

रातारात पूर्वनासुले करको दररेट परिवर्तन गराएको भन्दै अर्थमन्त्रीको राजीनामा माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । सदनमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ ।

बजेट निर्माणको क्रममा रातारात ‘खेताला विज्ञ’ ल्याएर करको दर परिवर्तन गरिएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गरिएको हो ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको उल्लेख गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन जेठ १४ गते मध्यरातमा पूर्वनासुलाई बोलाएर करको दररेट परिवर्तन गरिएको समाचार आएपछि सांसद भट्टराईले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।

बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे । उनले यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैको ध्यानाकर्षण गराएका छन् ।