शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा सङ्गीतकर्मी मोक्तानद्वयलाई अभिनन्दन

दैनिक नेपाल २०७९ जेठ ३० गते १०:०५

अमेरिका, ३० जेठ । कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अभिनन्दन गरेको छ ।

अमेरिकाको भर्जिनिया मनाससमा आयोजित वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिलाबहादुर मोक्तान सुमधुर साँझका अवसरमा उनीहरूलाई अभिनन्दन गरिएको हो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले उनीहरूलाई अभिनन्दन गर्दै अभिनन्दनपत्र, मञ्चको अति सम्मानित मानार्थ सदस्यता र विशेष पदक पनि प्रदान गरेका थिए । उक्त अवसरमा मञ्चका बोर्ड अफ डाइरेक्टरहरू वरिष्ठ चलचित्र नायिका पूजा लामा, वरिष्ठ कोरियो ग्राफर, निर्देशकद्वय नवीन केसी र लुना श्रेष्ठले मञ्चका तर्फबाट मोक्तान दम्पतीलाई खादा र मालाले सम्मान गरेका थिए ।

यसै गरी कार्यक्रममा मेरिल्यान्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारीले पनि मोक्तान दम्पतीलाई आफ्नो पदीय हैसियतबाट सम्मानपत्र प्रदान गरे । सो अवसरमा मोक्तान दम्पतीले भण्डारी र प्रायोजकहरूलाई पनि मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित