२९ आश्विन २०८३, बिहिबार

निर्वाचनको आन्तरिक तयारीमा जुट्यो एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी प्रतिनिधिसभा र प्रदेशसभा तयारीमा जुटेको छ ।

स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिमा कमजोर परिणाम बेहोरेको एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी आन्तरिक गृहकार्यमा जुटेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । अध्यक्ष ओलीको निर्देशनसँगै पार्टीको विभिन्न तहको बैठक बस्ने र आगामी रणनीति’ केन्द्रित भएर छलफल सुरु भएको छ ।

‘अध्यक्ष कमरेडले स्थानीय चुनावमा घेराबन्दीका बाबजुद पार्टीले लोकप्रिय पहिलो मत प्राप्त गरेकाले त्यसमा उभिएर आगामी निर्वाचनबाट बहुमत प्राप्त गर्नेगरी काममा खट्न निर्देशन दिइसक्नुभएको छ,’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन् ।

आइतबार बसेको केन्द्रीय कार्यालय बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचन’ समीक्षासहित आगामी निर्वाचन’ छलफल भएको छ । महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू रहने एक केन्द्रीय कार्यालय रहेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव र सचिवहरूको सहभागिता रहेको थियो, आजको राजधानी दैनिकमा सुभाष साहले समाचार लेखेका छन् ।