
काठमाडौँ, २९ जेठ । ओप्पो ‘ए१६के’ ४जिबी +६४ जिबी भेरियन्ट अब मात्र १७ हजार ९९० रुपैयाँमा उपलब्ध हुने भएको छ । ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले मूल्य घटाएको जनाएको छ ।
ओप्पोको ए–सिरीजअन्तर्गतको पछिल्लो स्मार्टफोन ‘ए१६के’ मार्च २०२२ मा नेपालमा सार्वजनिक गरिएको थियो । ओप्पो ‘ए१६के’ले ओप्पोको स्वामित्वमा रहेको ओप्पोथ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरीजको परम्परालाई निरन्तरता दिइरहेको छ ।
ओप्पोको १६.६५ से.मि (६.५२”) एचडी वाटरड्रप स्क्रिन र १६००ह्७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोईन्ट कर्नरहरु बनाइन्छ । यो फोन ४२३० एमएएच् लङ्ग–लास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरुलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुवैका लागि उपयुक्त छ ।
यसमा ५एक्स डिजिटल जुम र ५ एमपी फ्रन्ट क्यामेराको साथ १३ एमपी रियर क्यामेरा रहेको छ: विभिन्न विषयवस्तुहरु र पोट्रेटहरु, स्न्यापसटहरु र धेरै परिदृश्यहरु र अगाडी र पछाडी दुवै क्यामेराले स्टाईलिश फोटोहरुमा प्रभाव पार्ने ओर्जिनल, फ्रेस, ट्रान्सपरेन्सी, सनी, मीस्ट, फील्ड, जर्नी, डिलिसीयस, कोल्ड, फील्म, सीटी, रेट्रो,अटम, ग्रे, फेड र मोनोक्रोम जस्ता १५ स्टाईलिश फिल्टरहरु सपोर्ट गर्दछ ।
यसबाहेक, यसले एआई ईन्जिनमार्फत दृश्य पहिचान गर्दछ र त्यसपछि यसले ईमेजका रङ्गहरु पुनःनिर्माण गर्न पिक्सेल स्तरका कलर म्यापिङ एल्गोरिदम फोटो थप जीवन्त र प्राकृतिक होस् भनेर प्रयोग गर्दछ ।
पछाडीको क्यामेराको लागि तीनवटा नयाँ कस्मोपोलिटेन, एस्ट्रल र ड्याजलनाइट फिल्टरहरु छन् । यी सबै डिजाइनले प्रयोगकर्ताहरुलाई, सुन्दर र व्यावसायिकनाईट शटहरु लिन मद्दत गर्दछ ।
ओप्पो ए१६के को मुनलाईट डिस्प्ले, सनलाईट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरी प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । स्क्रिन पुल डाउन गरी एपआइकनहरु छेउमा राख्न सक्दछ र उक्त आइकनहरु छोडी एप खोल्न सक्दछ ।
साथै, सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा लाग–फ्रि स्मुथनेसको लागि प्रणाली बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टा–कोर चिप र १टीबीसम्म स्टोरेज बढाउन सकिन्छ ।
प्रत्येक ओप्पो ए१६के स्मार्टफोन किन्दा अब रु.२,००० बचत गर्ने मौका छ ।















प्रतिक्रिया