
काठमाडौं, २८ जेठ । महालक्ष्मी विकास बैंक र पोखरामा अवस्थित ओम हस्पिटलबीच सहकार्य गर्ने समझदारी भएको छ ।
जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाइरहेको बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त हस्पिटलसँग सम्झौता गरेको हो ।
उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरुमा आकर्षक छूट प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले हाल १०३ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई–कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।
समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।















प्रतिक्रिया