शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सदीक्षा श्रेष्ठले ‘मिस नेपाल नर्थ अमेरिका २०२२’ को कोरियोग्राफी गर्ने

आवेदन दिने अन्तिम मिति आगामी जुन २९ सम्म

विजय थापा २०७९ जेठ २८ गते ९:१०

अमेरिका, २८ जेठ । पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को भूमिका निर्वाह गर्ने भएकी छिन ।

मिस नेपाल नर्थ अमेरिका आयोजकले उनलाई २०२२ को लागि पनि आधिकारिक कोरियोग्राफरको रुपमा नियुक्त गरेको घोषणा गरेको छ । मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) को स्थापना कालदेखि नै लगातार जोडिएकी श्रेष्ठले यस पटक पनि प्रतियोगिताभरि प्रशिक्षण दिन लागेकी हुन् ।

विगतमा सफलतापूर्वक सम्पन्न भएका तीन वटा प्रतियोगितामा प्रतियोगीहरुलाई उत्कृष्ट तालिम दिई प्रतियोगीहरुको आत्मविश्वास वृद्धि गर्दै श्रेष्ठले प्रतियोगितालाई अर्को तहमा पुर्याएकी छिन् । सदीक्षा श्रेष्ठ पूर्व नेपाल सुन्दरी हुन् भने उनी मिस नेपाल वर्ल्ड (नेपाल विश्व सुन्दरी) २०१० पनि हुन् ।

उक्त प्रतियोगिताको नारा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तीकरण गरिँदै’ भन्ने राखिएको छ । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरूका लागि आवेदनपत्र दिने अन्तिम मिति आगामी जुन २९ सम्म तोकिएको छ ।

आयोजक समूहको संस्थापक तथा संचालक शैलेश श्रेष्ठले प्रतियोगितामा सहभागी हुन् शीघ्र नाम दर्ता गराउन इच्छुक सबैलाई आग्रह गरेका छन् ।

ग्रान्ड फिनाले अर्थात् समापन समारोह ६ अगस्त २०२२ को दिन शनिबारका न्यूयोर्क शहरमा हुनेछ । १२ वर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगिताको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित