
काठमाडौं, २८ जेठ । ‘म दिनदिनै पत्रिका पढ्छु तर पहिलो पेजमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको मात्रै समाचार छापिन्छ किन ?’ शुक्रबार राजधानीमा आयोजित ‘आमसञ्चारमा बालबालिकाको सहभागितात्मक छलफल विषयक कार्यक्रममा बालक्लबकी लुनिभा श्रेष्ठले प्रश्न गरिन् ।
सोही सन्दर्भमा अर्की छात्र सुधा पौडेलले सोधिन् ‘सञ्चारमाध्यममा बालबालिकाको सन्दर्भ समेटिएका समाचार किन वर्षमा एक दिन मात्रै आउँछ ? दिन दिनै लेख्न मिल्दैन ?’ उनको अर्को प्रश्न थियो ‘के हाम्राबारेमा पहिलो पेजमा समाचार लेख्नै नमिल्ने हो ?’
विभिन्न बालक्लबममा आबद्ध १५ जना बढी बालबालिकाले यस्तै यस्तै प्रश्न गरे । उनीहरूको गुनासो थियो ‘हाम्राबारेमा पहिलो पृष्ठमा समाचार पढनै पाइन्न ।’
कार्यक्रममा सहभागी अर्की बालिका विपना बस्नेतले बालयौन दुर्व्यवहारका विषयमा धेरै समाचार छापिएको भन्दै प्रश्न गरिन् ‘बाल यौन दुर्व्यवहार कम गराउने खालको सन्देशमूलक समाचार मिडियाले किन लेख्दैन ?’ आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।













प्रतिक्रिया