२९ आश्विन २०८३, बिहिबार

संसदमा सत्तारुढ दलकै सांसदहरूको प्रश्न– खोइ कहाँ छ सरकार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । सरकारमा संलग्न भएका दलका सांसदहरूले संघीय संसदको बैठकमा सरकारविरुद्ध आवाज उठाएका छन् ।

प्रतिनिधिसभाको विहिबार बसेको बैठकमा उनीहरूले मन्त्रालयगत छलफलमा भाग लिँदै सरकारले गरेका गतिविधिहरूमाथि नै प्रश्न उठाएका हुन् ।

उनीहरूले सरकारले विद्यार्थीलाई किताव उपलब्ध गराउन नसकेको, किसानलाई मल दिन नसकेको र मूल्यवृद्धिले जनतालाई आहातमा पारेको भन्दै सरकार कहाँ छ भनेर प्रश्न गरे ।

सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार जिम्मेवार र बफादार नबनेको बताइन् । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको उनको भनाइ छ । खेती लगाउने बेला किसानले मल नपाएको पनि उनले बताइन् ।

महँगीले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पु¥याउन नसकेको उनको भनाइ थियो । हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेकोतर्फ पनि उनले ध्यानाकर्षण गराइन् । ‘सरकार कहाँ छ? जिम्मेवार र बफादार बन्नुपर्दैन?,’ बैठकमा बोल्दै उनले प्रश्न गरिन् ।

यसैगरी, नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले दुईदिने बिदा कटौती गरेर राम्रो गरेको बताउँदै ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन सरकारसँग आग्रह गरे ।

बिहीबारको संसद् बैठकमा बोल्दै उनले काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकाले कार्यालय समय फरक पार्नुपर्ने बताए । ‘फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन्,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको छ । विद्यालय खुल्ने समय र कार्यालय समय फरकफरक समयमा हुने व्यवस्था मिलाउन सके सडकमा जाम कम हुन्छ ।’

यसैगरी, सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो? भनी सरकारलाई प्रश्न गरे । नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र सो सम्झौतामार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनले बताए ।

बिहीबारको संसद् बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उनले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेन्डा’दयगत सरकारले सदनलाई जानकारी गराउन माग गरे, आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।