२९ आश्विन २०८३, बिहिबार

अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सकहरु भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भेला हुने भएका छन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी हुने बताइएको छ ।

एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मीहरु एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन् ।

एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो । सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ ।

समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतवार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ । डा. सापकोटाको संयोजत्वमा गठित सो समितिमा डा राजु अधिकारी (अष्ट्रेलिया), नन्द गुरुङ (अष्ट्रेलिया), डा सुनिल साह (युके), डा बोधराज सुवेदी (पोल्याण्ड), डा शिवप्रसाद श्रेष्ठ (नेपाल), डा पदम सिम्खडा (युके), डा सागर पौडेल (नेपाल), चाँदनी जेशवाल (नेपाल), एलिजा केसी (जापान), डा नितेश अर्याल (कतार), डा ओम कुर्मी (युके), डा अलिनी पोखरेल सुवेदी (पोल्याण्ड), डा लुसुन चालिशे (जापान), डा प्रभात अधिकारी (नेपाल), डा प्रकाश श्रेष्ठ (अमेरिका), डा शर्मिला गुरुङ (हङकङ), श्री प्रसुना कँडेल (युके), डा पुष्पराज भट्टराई (दक्षिण अफ्रिका), डा अनुज कँडेल (अमेरिका), मनुजा केसी (अष्ट्रेलिया), अनिशा भण्डारी (नेपाल), डा. चिरन्जीबी भट्टराई (अमेरिका), डा. उत्तम गाउँले (अमेरिका), बाबुराजा महर्जन (न्यूजिल्याण्ड), श्रेया गजुरेल (अमेरिका), डा. सुहेल सापकोटा (नेपाल), रिना केसी (अष्टेलिया) रहेका छन् ।

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका सल्लाहकार डा हेमराज शर्माले सम्मेलनलाई भव्य रुपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् ।

संघका उपमहासचिव डा. देवी बस्नेतले एनआरएनए स्वास्थ्य समितिले एनआरएनएको नाम उच्च स्तरमा राखेको र सिङ्गो नेपाली समुदायले समितिप्रति गर्व गरेको बताए ।

सम्मेलनको सल्लाहकारहरुमा डा हेमराज शर्मा, गौरीराज जोशी, डा केशव पौडेल, यास्मिन बेगम सैयद, फणिन्द्र पन्त, डा सन्ध्या चापागाईं (नेपाल), डा.शरद मान ताम्राकार (अस्ट्रेलिया) रहेका छन् ।

सो सम्मेलनको लागि मिडिया समिति समेत गठन भएको छ । सम्मेलनको मिडिया संयोजनको जिम्मा चिरन शर्मा(युके) भगिरथ योगी(युके) इन्द्रलक्ष्मी घिमिरे(नेपाल) शुभद्रा ढकाल (नेपाल) र हेमन्त काफ्ले (अस्ट्रेलिया)लाई दिइएको छ ।

‘विगतका वर्षहरूमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरुको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाहरूको घोषणा, साझेदारहरूसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछ,’ डा सापकोटाले भने ।