२९ आश्विन २०८३, बिहिबार

मन्त्री फेर्न प्रधानमन्त्रीकै अनिच्छा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकारमा रहेका मन्त्री हेरफेर गर्न अनिच्छा देखाएका छन् ।

संसद्मा बजेटमाथिको छलफल जारी रहेको, भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएर गठबन्धनका पक्षमा माहोल बनेको र गठबन्धनबाहिका दलहरू पनि गठबन्धनसँग जोडिन चाहिरहेका बेला मन्त्री फेर्दा त्यसको असर सरकार र सिंगो गठबन्धनमा नै पर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री देउवा तत्कालमन्त्री हेरफेर नगर्ने निर्णयमा पुगेका हुन् ।

‘प्रधानमन्त्री अहिले सरकारमा रहेका मन्त्रीलाई हटाउने सोचमा हुनुहुन्न, यसले सरकार र सिंगो गठबन्धनलाई नै असर पर्ने उहाँको बुझाइ छ, एउटा दलको मन्त्री हेरफेर गर्दा गठबन्धनमा रहेका अन्य दलमा पनि त्यो आवाज उठ्छ भन्ने प्रधानमन्त्रीको विश्लेषण छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने, आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।