शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाली चेली सोनिया हिराचन बनिन् अमेरिकाको अस्पतालको सीइओ

दैनिक नेपाल २०७९ जेठ २३ गते २१:५५

काठमाडौँ, २३ जेठ । नेपाली डा. सोनिया हिराचन अमेरिकाको मिनेसोटा स्टेट फोरेन्सिक साइकियाट्रिक अस्पतालको सीईओमा नियुक्त भएकी छन् ।

उनी विदेशको यस तहको पदमा पुग्ने पहिलो नेपाली महिला हुन् ।

मिनेसोटामा रहेर वयस्क मनोचिकित्सकको रुपमा कार्यरत हिराचन म्यानिक डिसअडर, चिन्ता, पीटीएसडीलगायत मानसिक स्वास्थ्य विशेषज्ञका रुपमा रहेकी छन् ।

कस्तुरबा मेडिकल कलेज मणिपालबाट मेडिकल डिग्री प्राप्त गरेर आठ वर्षदेखि काम गरिरहेकी उनी फोरेन्सिक मनोचिकित्सा, अमेरिकन बोर्ड अफ साइकियाट्री द्वारा प्रमाणित विशेषज्ञ हुन् ।

उनले बूढानीलकण्ठ स्कुल, काठमाडौँ, नेपालबाट आफ्नो स्कुल पूरा गरेकी थिइन् भने मिनेसोटा विश्वविद्यालयमा मनोचिकित्सा विभागमा स्नातकोत्तर गरेकी छन् । हिराचनले २०१३ देखि २०१४ सम्म पिट्सबर्ग विश्वविद्यालयमा फोरेन्सिक मनोचिकित्सामा फेलोको रूपमा काम गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित