मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

स्थानीय तहको निर्वाचनले दिएको सन्देश 

वि वि श्रेष्ठ २०७९ जेठ २२ गते २२:१६


-वि वि श्रेष्ठ

स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशयका बीचमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनले एउटा आकार ग्रहण गरेको छ भने देशमा सुशासनको एउटा स्वरुप देखा परेको छ ।

योसँगै अव देशमा प्रदेश तथा संघीय सरकारको चुनावमा सरकार जुटेको छ ।

यसले सकारात्मक संदेश प्रवाह गरेको छ । योसँगै गएको स्थानिय तहको निर्वाचनले जनताले दिएको संदेशले अवको नेपालको राजनिती कता मोडिने हो भन्ने संशय समेत पैदा गरेको छ ।

आम रुपमा वितृष्णा जागेको नेपालको राजननीतिमा स्वतन्त्र उम्मेदवारले पनि देशको महत्वपुर्ण स्थानमा देखिएको विजयीले अवका जनता परिवर्तन चाहन्छन् भन्ने कुराको संकेत गरेको छ भने नेपालको राजनैतिक दलहरुलाई समेत जनताहरु सचेत भईसेकका छन् भन्ने प्रमाणित गरेको छ ।

यसैले पनि अहिलेको स्थानिय तहको निर्वाचन विशेष रहेको छ ।

विशेष गरि काठमाडौँ महानगरपालिका, पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको विजयीसँगै नेपालको राजनितीमा जनता कसैका गुलामी हैनन भन्ने पुष्टि गरेको छ ।

नेपालको राजनैतिक दलहरुको घमण्ड तोडिएको छ । यो सँगै नेपालको राजनैतिक दलहरुको औचित्यमाथी पनि प्रश्न चिन्ह खडा भएको छ । दलीय राजनैतिक व्यवस्थामा यो घातक पक्ष हो ।

यसको निर्मम समिक्षा नेपालको राजनैतिक दलहरुले गर्लान कि नगर्लान यो छुट्टै पाटो हो, तर यसले नैतिक दवाव भने सिर्जना गरेको छ । जुन नेपालको सन्र्दभमा अत्यावश्यक पनि थियो ।

काठमाडौँ महानगरपािलकामा नेकपा एमालेले स्थापित लाई उम्मेदवार वनाउँदा आफनो जित सुनिश्चित गरेको थियो भने स्थापितको वलमिच्याई र घमण्ड पनि सह्यै थिएन ।

योसँगै नेकपा एमालेले महानगरको मेयरको टिकट दिईरहदाँ विगत र वर्तमानका साथै आम जनता के चाहन्छन भन्ने हेक्का समेत राखेको पाईएन ।

२०५४ सालमा महानगरपालिकाको मेयर भईसकेको स्थािपत २५ वर्ष पछि पुन: एमालेले स्थापितलाई नै टिकट दिनु भनेको गम्भीर जनताप्रतिको धोका शिवाय हुन सक्दैन ।

किनकी यो पच्चिस वर्षमा जन्मेको वच्चा स्थानिय तहको निर्वाचनमा वडा अथवा अन्य तहमा प्रमुखमा दावी गर्न हैसियत राख्न सक्ने समय हो ।

यति धेरै समयको अन्तरमा पनि पनि स्थापितलाई नै चुनावमा उठाएर नेकपा एमालेले दम्भ प्रस्तुत गरयो भने स्थापितले आफनो घमण्ड प्रस्तुत गरयो ।

जुन अवको सन्दर्भमा नेपालको राजनितीको केन्द्रभागमा रहेको काठमाण्डौवासीले तिरस्कार गरिदियो ।

जसका कारण वालेनको जन्म भयो । यसले पनि आम जनता कसैको पनि दास होईन भन्ने पुष्टि गर्यो ।

स्थापितको ठाँउमा एमालेको अन्य उम्मेदवार भएको भए, काठमाण्डौ जस्तो स्थानमा एमाले हार्नु पर्ने थिएन ।

वडा र उपमेयरमा फराकिलो मतान्तर सहित विजयी भईरहँदा मेयरमा लज्जास्पद हारले नेपालका राजनैतिक दलहरु सिक्नु पर्ने विषय जर्वजस्त स्थापित भएको छ ।

एउटा सधै एउटै व्यक्तिलाई जिम्मेवारी पाच्य हुँदैन, अर्को जनतालाई मुर्ख सोच्नु गलत हुन सक्दछ ।

गठवन्धन दलहरुले पोखरा महानगरपालिकामा नेकपा समाजवादीवादीवाट धनराज आचार्यलाई टिकट दिएपनि नेकपा एमालेका कृष्ण थापाले नै जित्ने प्रक्षेपण गरिएको थियो । त्यो दावी झुटो वनिदियो ।

प्रदेश सभा सदस्य समेत रहेको कृष्ण थापा यस अघि पनि एमालेका तर्फवाट मेयर वनिसकेका हुन् ।

भईरहेका प्रदेश सभा सदस्य रहेका कृष्ण थापालाई राजिनामा गराएर मेयरमा उठाउनु गम्भिर गल्ति हो ।

जसका कारण नेकपा एमालेलाई प्रत्युत्पादक वनिदियो । पटक पटक एउटै व्यक्तिको अधिनमा आम जनता रहन चाहदैन भन्ने कुरा पोखरा महानगरपालिकाले पनि पुष्टि गरिदियो ।

उपमेयर र वडाध्यक्षमा उल्लेख्य जित हासिल गरेको एमालेले कृष्ण थापालाई दोह्रयाएर गम्भिर गल्ति गरयो ।

यो सँगै नेकपा एमालेका लागी अर्को पक्ष भनेको यस अगाडीको मेयर पनि एमालेको नै थियो ।

घात अन्र्तघातको समिक्षा गौण हुन् । किनकी कसैले पटक पटक अवसर पाउने, कसैले नपाउनुको वीचमा घात, अन्र्तघात स्वाभाविक वनिदियो ।

जुन घात प्रतिघातले अगामी निर्वाचनमा राजनैतिक दलका नेतृत्वले टिकट वितरणमा गम्भिर ध्यान दिनुपर्दछ भन्ने पाठ सिकाईदियो ।

धनराज आर्चायको उदयले जनता राजनैतिक दल र चिन्हमा होईन, ईमान्दारिता र कर्ममा विश्वास गर्द भन्ने पुष्टि गरिदियो ।

स्थानीय तहको निर्वाचनवाट जर्वजस्त उदाएका पात्र हुन्, हर्कराज राई ।

धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि नेपालको राजनितीमा उदाएका पात्र हर्कराज राईको तुलना अन्य नेपालको राजनितीकर्मी सँग हुन सक्दैन ।

विना तामझाम र राजनैतिक दलविना पनि नेतृत्वमा आउन सकिन्छ भन्ने उदारहण वनेका छन्, हर्कराज ।

यसअघि विभिन्न समाजिक संघमा आवद्ध भएर स्वतन्त्र नागरिकको हैसियतमा जनताको आवाज वोलेका हर्कराज अव आफै जनताको समस्या समाधान गर्ने ठाँउमा पुगेका छन् ।

शुसुप्त अवस्थावाट यहाँ आईपुगेका राईमाथीको धराने जनताको विश्वासको भारीले उसको सफलताको मापन गर्नेछ ।

जनताको विश्वासलाई नै सर्वेसर्वा ठानेका हर्कराज राईमाथी जनताको साथ समर्थनले पनि उसको सफलताको मापनलाई निर्धारण गर्दछ ।

उसको उदयले पनि नेपालको राजनितीमा नेतृत्वमा स्थापित हुनका लागी राजनिती नै गर्नपर्दछ भन्ने मान्यतालाई विस्थापित गरिदिएको छ ।

जनता परिवर्तन चाहन्छन र कसैको गुलामी होईनन भन्ने सत्यतालाई स्थापित गरिदियो ।पार्टीको निर्णय भन्दा पनि आवश्यता, योग्यता र क्षमताको आधारमा नेतृत्वको चयन हुनुपर्दछ भन्ने पाठ सिकाईदियो ।

नेपालको राजनितीमा सधै केन्द्रभागमा रहेको भरतपुर महानगरपािलका स्थानिय तहको निर्वाचनमा ध्यान केन्द्रित वनिदियो ।

प्रचण्डको पुत्री मेयरको दावेदार रहेको र विशेष गरि प्रचण्डको पनि जोडवल रहेको भरतपुर महानगरपालिकाले आम देशको नै ध्यान खिचेको थियो ।

नेपाली काग्रेसका चर्को असन्तुष्टि र वागी उम्मेदवार पनि परेको सन्र्दभमा नेकपा एमालेको उम्मेदवारले जित्ने आँकलन गरेको भरतपुर महानगरपालिका पुन रेणु दाहालको जितेपछि नयाँ ढंगवाट यसको विश्लेषण शुरु भएको छ ।

रेणु दाहाल प्रचण्ड पुत्री मात्र होईन असल प्रशासक पनि हो भन्ने पुर्नपुष्टि भएको छ । देशभर पुन उम्मेदवारहरुले लज्जास्पद हार वेहोरिरहँदा रेणु दाहालले भने फराकिलो मतान्तर सहित विजयी हासिले गर्नु भनेको उसले गरेको काम नै हो भन्ने पुष्टि भएको छ ।

यसले गर्दा नेताको आर्शिवाद एउटा र कर्म वीचमा फरक हुन्छ भन्ने पुष्टि भएको छ । जुन रेणुले पुननिर्वाचित भएर प्रमाणित गरेका छन् ।

नेपालको राजनिती अहिलको स्थानिय तहको विशेष वनिदियो । जसले गर्दा फरक ढंगवाट राजनितीको व्याख्या, पुर्नव्याख्या जर्वजस्त स्थापित वनिदियो ।

एक्काईसौ शताव्दीको यो प्रविधिको युगमा पनि पुरानै ढंगको अतिवाद सोचवाद अव नेपालको राजनिती चल्न सक्दैन भन्ने पुष्टि गरिदियो ।

प्रतिक्रिया
सम्बन्धित