शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपाली व्यवसायी अर्याललाई अमेरिकी मानार्थ विद्यावारिधि

वाणिज्य प्रशासनमा मानार्थ बिद्या वारिधि उपाधी प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी

दैनिक नेपाल २०७९ जेठ २१ गते १८:५८

स्यानफ्रान्सिस्को, २१ जेठ । लामो समयदेखि घरखरिद बिक्रि (रियल स्टेट )ब्यवसायमा संलग्न नेपाली युवा ब्यवसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीबाट मानार्थ विद्याावारिधि पिएचडी उपाधी हासिल गरेका छन् ।

ब्यवसायी अर्यालले नेपाली समुदायमा घर खरिद बिक्रि (रियल स्टेट )ब्यवसाय मार्फत नेपाली समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधी दिइएको बिश्वबिद्यालय (युनिभर्सिटी)ले जनाएको छ ।

हरेक विधामा उत्कृट योगदान पुर्याउनेहरुलाई सो बिश्व बिद्यालय (युनिभर्सिटी)ले विद्या वारिधि (पिएचडी)को उपाधी प्रदान गर्दै आएको छ । बाणिज्य प्रशासन (विजनेश एडमिनिष्ट्रेशन)मा मानार्थ बिद्या वारिधि (पिएडी) उपाधी प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी हुन ।

अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको शीर्ष ५ प्रतिशतमा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिंकन विश्वबिद्यालय (युनिभर्सिटी)ले उनलाई विद्यावारिधीको लागि छनौट गरेको थियो ।

विद्यावारिधी उपाधी पाउनु गौरवको विषय भएको बताउदै ब्यावसायी अर्यालले आफूलाई यसवाट थप उत्साह र प्रेरणा मिलेको बताए । यो मेरो ब्यक्तिगत सफलता मात्र नभई नेपाल र नेपाली समुदायको कदर र सम्मान पनि हो, नेपाली समुदायको निम्ति अझ धेरै काम गर्ने प्ररणा मिलेको छ, अर्यालले भने ।

स्यानफ्रान्सिस्को विश्वबिद्यालयका सहप्राध्यापक डा टीका लम्सालले नेपाली व्यवसायीलाई विश्वबिद्यालयको बिद्यावारिधि उपाधि प्रदान गर्नु ब्यक्तिको मात्र नभई नेपाली समुदायको लागि निकै खुसि र गौरवको विषय भएको बताए ।

सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनिया आएका थिए । उनले त्यहाँको माउण्टेन युनिभर्सिटी (बिश्व बिद्यालय )र पछि क्यालिफोर्निया स्टेट युनिभर्सिटी इष्टवेवाट वायोकेमेष्ट्री र विजनेश एडमिनिष्ट्रेशन(बाणिज्य प्रशासन)को अध्ययन पुरा गरेका गरेका थिए ।

सन् २०१६ देखि घरखरिद बिक्रि (रियलस्टेट) व्यवसायमा संलग्न अर्याल क्यालिफोर्नियामा सफल र नेपालीहरुविच लोकप्रिय युवा व्यावसायीको रुपमा परिचित छन् ।

उत्कृट ब्यवसायी भए वापत उनलाई सन् २०२१ मा इष्ट बे एशोसिएसन अफ रियल्टर्सले गोल्ड क्लव अवार्ड (स्वर्ण पदक पुरस्कार)र सन् २०१८ ,२०२० टप प्रोड्युसर (उत्कृष्ट उत्पादक )अवार्डवाट पुरस्कृत गरेको छ । अर्याल विगत ७ वर्षदेखि घरखरिद बिक्रि ब्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया
सम्बन्धित