शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

स्कटल्याण्डमा गैरआवासीय नागरिकतासम्बन्धी अन्तरक्रिया

दैनिक नेपाल २०७९ जेठ १९ गते ८:३९

स्कटल्याण्ड, १९ जेठ । गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले हालै काउडेनबिथमा गैरआवासीय नागरिकतासम्बन्धी अन्तरक्रिया आयोजना गरेको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्याउने विषयमा सक्दो पहल गर्ने बताए ।

उक्त कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले प्रवासीको नेपालमा लगानीको उचित वातावरणको लागि गैर आवासीय नेपालीहरुको नागरिकता र सम्पत्तिको सुनिश्चितता गरिनुपर्ने तथा यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए । यसैगरी राज्य परिषद्का संरक्षक भोला खनालले नेपालमा प्रवासी नेपालीहरूका लागि लगानीको धेरै सम्भावना र अवसर भएको र सम्भाव्यता खोजी गर्नुपर्ने बताए ।

स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्कटल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । राज्य परिषद्का उपाध्यक्ष्य उज्वल कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राज्य परिषद्का संस्थापक सचिव कृष्ण दाहालले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित