२९ आश्विन २०८३, बिहिबार

सरकारले बढायो चिकित्सा शिक्षा शुल्क, नयाँ भर्नाका विद्यार्थीले अब कति तिर्नुपर्छ ? (शुल्कसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ ।

आयोगको हिजो बसेको बैठकले चालू शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।

चार वर्षदेखि शुल्क नबढेको र आउँदो शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुुल्कमा रकम वृद्धि गरिएको आयोगको भनाइ छ ।

शुल्क बृद्धिसँगै अब एमबीबीएस, बीडीएस, बीएनएसलगायतका चिकित्सा शिक्षाका स्नातक तहमा नयाँ भर्नाका विद्यार्थीले महङ्गो शुुल्क तिर्नुपर्नेछ ।