
काठमाडौं, १८ जेठ । हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन् ।
संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकी मुलुकमा करिब एक महिनाअघि देखिएको यो भाइरसबाट विभिन्न १४ मुलुकमा गरी २ सय जना संक्रमित भइसकेका छन् ।
मंकिपक्स भाइरस बाँदर, मुसा, लोखर्के, जंगली जनावरबाट मानिसमा संक्रमण भएको र पछि मानिसबाट मानिसमा फैलिएको डब्लुएचओले जनाएकोे छ । संक्रमित व्यक्तिको घाउबाट निस्केको तरल पदार्थ, मुखबाट खोक्दा निस्कने छिटा र यौन सम्पर्कबाट समेत यो भाइरस सर्ने पछिल्लो अध्ययनले औंल्याएको छ ।
संक्रमित राष्ट्रहरूमा समलिंगीहरूमा यो संक्रमण बढी फैलिएकाले यौन सम्पर्कबाट पनि सर्ने देखिएको हो, आजको नागरिक दैनिकमा पवित्रा सुनारले समाचार लेखेकी छिन् ।















प्रतिक्रिया