५ कार्तिक २०८३, बिहिबार

पोखरा विमानस्थल खुल्यो : उडान-अवतरण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १७ जेठ । तेलको ट्याङकर पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थल खुलेको छ । बिहान ८ बजे पल्टिएको ट्याङकरलाई क्रेनको साहायताले उठाएसँगै बिहान ९ बजेपछि उडान–अवतरण शुरु भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो ।

आयल निगमको डिपोबाट बिहान जहाजमा तेल भर्न जाँदै गरेको ट्याङकर विमानस्थल परिसरभित्रको घाँसे मैदानमा पल्टिएको थियो । पल्टिएको ट्याङकरलाई क्रेनले उठाएपछि अर्को ट्याङकरबाट तेल राखेर जहाज सञ्चालनमा आएका छन् ।