
काठमाडौँ, १६ जेठ । पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना हुँदा धनुषाका एकै परिवारका ७ जनाको निधन भएको छ ।
धनुषाको मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोलेका परिवारका तीर्थ हिँडेका ७ जनाको निधन भएको हो ।
उनीहरु मुक्तिनाथको दर्शन गर्नका निम्ति आइतबार तारा एयरको ९ एइटी जहाज चढेर जोमसोमका लागि उडेका थिए ।
तर उनीहरु कोही पनि मुक्तिनाथ पुग्न पाएनन् । विमानमा सवार २२ जनाकै निधन भएको छ ।
निधन हुनेमा राजनका आमा राममाया, बुबा इन्द्रबहादुर, काका पुरुषोत्तम, काकी तुलसा देवी, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया रहेका छन् ।
यो घटनापछि पुरै गाउँ नै शोकमा छ ।
चालक दलसहित २२ जना सवार विमान आइतबार विहान ९ः५५ मा जोमसोमका लागि उडेको थियो ।
विमान अवतरण हुन केही समय अघि सम्पर्कविहीन भएको थियो । तीनै सुरक्षा निकाय तथा स्थानीयको सक्रियतामा सोमबार विहान विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
शव संकलन गरेर पोस्टमार्टमका लागि काठमाडौँ शिक्षण अस्पताल ल्याइएको छ ।















प्रतिक्रिया