
काठमाडौँ, १६ जेठ । फिल्म ‘कबड्डी–४’ हेर्न गएका एक दर्शक पक्राउ परेका छन् । मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्वा तामाङ पक्राउ परेका हुन् । अभिनेत्री मिरुना मगरलाई अभद्र व्यवहार गरेको भन्दै उनलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न पुगेका तामाङले आफूलाई छोएको भन्दै अभिनेत्री मगरले झापड समेत हानेकी थिइन् । तामाङले आफुले नियतवश नभई झुक्किए छुन पुगेको भन्दै माफी मागेका थिए । तामाङले माफी मागिसकेपछि पनि अभिनेत्री मगरले प्रहरी बोलाएर पठाएको बताइन्छ । प्रहरीले अभिनेत्री उजुरी दिए तामाङ कारवाहीमा पर्ने बताएको छ ।















प्रतिक्रिया