
काठमाडौँ, १५ जेठ । सरकारले सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापन गर्ने घोषणा गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷०८० को बजेट पेश गर्दै साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापन गर्ने उद्देश्य लिएको जनाएक छन् ।
अर्थमन्त्री जनार्दन शर्माले एलपी ग्यासको अनुदान कटौती गरी विद्युतीय चुलोमा अनुदान बढाउने व्यवस्था मिलाइएको उल्लेख गरेका हुन् ।
बजेटमा आगामी तीन महिनाभित्र महानगर र उपमहानगरबाट पनि ग्यास सिलिण्डर विस्थापित गर्ने र यसलाई राष्ट्रव्यापी अभियानका रुपमा लैजाने उल्लेख गरे ।















प्रतिक्रिया