
काठमाडौँ, १५ जेठ । नेपाली सेनाले बेपत्ता भएको तारा एयरको विमानको खोजी कार्य आजलाई स्थगित गरेको जनाएको छ ।
खराब मौसम र अन्धकार भएका कारण आइतबारलाई खोजी कार्य स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।
सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।
आज विहान ९ः५५ पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । जहाजमा चालक दलसहित २२ जना सवार थिए ।















प्रतिक्रिया