२९ आश्विन २०८३, बिहिबार

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।

वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्। खबर आजको नागरिक दैनिकमा छ ।